वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व द्वादशी - १२
परापुर्वकाल देखि नै एक ठाँउबाट अर्को ठाउमा खबर आदानप्रदान गर्न चिठ्ठीपत्रको प्रयोग भएको पाईन्छ । विश्वमा सन् १६६० मा बेलायतका तत्कालिन राजा चाल्स द्बितीयले general post office स्थापना गरेको इतिहास भेटिन्छ । नेपालमा चिठ्ठीपत्र मार्फत खबर सूचना समाचार आदानप्रदान गर्ने उद्देश्यले तत्कालिन राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा बि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भइ हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन्१९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भइ अन्तराष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो । विश्वासिलो र भरपर्दो सञ्चारमाध्मका रुपमा बिकास भइरहेको हुलाक सेवालाई थप व्यावस्थित, प्रभावकारी र जनमुखी बनाउन बि.स. २०१९ मा हुलाक सेवा ऐन आएपछि हुलाक सेवा विभागले हुलाक सेवाको समुचित व्यावस्थापन गर्दैं आइरहेको छ । हाल नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग अन्तर्गत गोश्वारा हुलाक कार्यालय, हुलाक प्रशिक्षण केन्द्र लगायत अन्तर्गत हुलाक निर्देशनालय, जिल्ला हुलाक कार्यालय, पालिका हुलाक कार्यालय मार्फत हुलाक सेवा सञ्चालन र व्यावस्थापन गरिदै आएको छ । हुलाक पुर्नःसंरचना भएपछि हाल यस कार्यालय अन्तर्गत ९ वटा पालिका हुलाक कार्यालय, एउटा काउण्टर हुलाक कार्यालय र २० वटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालनमा रहेका छन ।