हुलाकबाट पठाउन प्रतिबन्धित तथा निषेधित वस्तुहरुः

देहाएका वस्तुहरु कुनै पनि अवस्थामा स्वीकार्य हुने छैनः

  • कुनै पनि देशको केन्द्रीय वा स्थानीय सरकारको संविधान, ऐन, कानून, नियमले प्रतिबन्ध लगाएका वस्तुहरु,
  • अल्कोहोलिक पेय पदार्थ जस्तैः वियर, वाइन, स्पीरिट, एसिड आदि,
  • जनावर, अण्डा, लार्भा, किराफट्याङ्ग्रा, माकुरा आदि,
  • प्राचिन कला कृतिहरु,
  • गरगहना बहुमुल्य धातुहरु र रत्नहरु(सुन, चाँदी, हिरा) आदि,
  • प्रतिस्थापन गर्न नसक्ने वा विरलै मात्रामा मात्र पाइने वस्तुहरु,
  • क्रेडिट कार्ड, चेक, हुण्डी, ड्राफ्ट आदि,
  • मुद्रा वा नगद,
  • विष्फोटक पदार्थ खतरनाक घिनलाग्दो अस्वस्थकर वा हानिकारक वस्तु बचाउको प्रतिबन्ध नभएको तीखो धार वा चुच्चो भएको हतियार वा हुलाकबाट चलान हुँदा स्वभावतः अरु वस्तुलाई वा हुलाक अड्डाका कर्मचारीलाई हानी पुर्याउन सक्ने अरु चिज वा वस्तु,
  • लिथियम ब्याट्री लगायतका IATA बाट प्रतिबन्धित सामानहरु,
  • लागु औषध जन्य पदार्थ,
  • हात हतियार र त्यसका पार्ट पुर्जाहरु,
  • प्वाखहरु तथा जीव जन्तुका हाड, अंगहरु, लोपउन्मुख जनावरहरु,
  • मानवीय शेषहरु (खरानी समेत),
  • औद्योगिक हिरा/कार्बन,
  • छापाखाना र प्रकाशन सम्बन्धि प्रचलित नेपाल कानूनले प्रकाशन गर्न मनाही गरेको पत्रपत्रिका किताब वा अरु लिखत,
  • छापाखाना वा प्रकाशन सम्बन्धित प्रचलित नेपाल कानूनको रीत नपुर्याइ सम्पादन गरिएको वा प्रकाशन गरिएका पत्रपत्रिका,
  • जुन मुलुकमा पठाउने हो त्यो मुलुकको हुलाकबाट पठाउन निषेध गरिएको वस्तुहरु,
  • अश्लिल, अपमानजनक, अशिष्ट, राजद्रोही, उत्तेजनात्मक वा शान्ति सुरक्षा खल्बल्याउने संकेत, चिन्ह वा आकार भएको वस्तु तथा पेनड्रइभ, सिडी आदि
  • मेडिकल नमुनाहरु जस्तैः रगत, पिसाब, दिशा, तन्तुका नमुनाहरु,
  • GPO र तोकिएका वित्तीय संस्थाहरु बाहेक अन्य मनिअर्डरहरु,
  • तुरुन्तै नष्ट भई जाने सामाग्रीहरु जस्तैः फूल, ड्राई आइस, खानेकुराहरु, निश्चित तापक्रममा राख्नुपर्ने सामानहरु,
  • बोट विरुवा लगायत साइटिसले प्रतिबन्ध गरेका वनस्पतिहरु,
  • हुलाक टिकटहरु,
  • तरल पदार्थ, क्रिम, मलम (Liquid and Semi-Liquid) अचार आदि,
  • घरमा तयार गरिएका सामानहरु जस्तैः पिठो, मसला, गुन्द्रुक, सुकुटी,
  • आयुर्वेदिक औषधीहरु (चिकित्सकको सिफारिस नभएका) अंग्रेजीमा लेबल र मिश्रित सामाग्रीहरु नखुलेका सामानहरु,
  • डाक्टरको सिफारिस बिनाको औषधीहरु, मानसिक रोगसँग सम्बन्धित औषधीहरु,
  • विश्व हुलाक संघले प्रतिबन्ध गरेका वस्तुहरु,